बलात्कार आरोपमा ललितपुरका रेष्टुरेन्ट सञ्चालक पक्राउ

ललितपुर, साउन २७ ।

जागिर दिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा ललितपुरमा रहेको एक रेष्टुरेन्टका दुईजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रेष्टुरेण्टबाट चार जना किशोरी समेत उद्धार गरिएको जनाएको छ ।

ललितपुर सानेपामा रहेको रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्‍चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर जावालाखेलले जनाएको छ।

सञ्चालकद्वयले विभिन्‍न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै यौन शोषण गरेको उजुरी परेको थियो । उनीहरुविरुद्ध मानव बेचविखन विरुद्धको समेत आरोपमा अनुसन्धान अघि बढाइएको छ छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 10:10 pm