सिडिओ ढकाललाई सदस्यसचिव नियुक्त नगर्न सर्बाेच्चको सरकारलाई आदेश

काठमाडौं, साउन २७ ।
सर्बाेच्च अदालतले लुम्बिनी विकास कोषको सदस्यसचिवमा विष्णुप्रसाद अधिकारीलाई नियुक्त नगर्न सरकारका नाममा आदेश दिएको छ ।

ढकाल पाल्पाका प्रमुख जिल्ला अधिकारी हुन् । उनलाई लुम्बिनी विकास कोषको सदस्यचिवमा सरकारले नियुक्ति गरेको थियो उक्त निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले आइतबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढकाललाई नियुक्त गर्ने सरकारी निर्णय भदौ ७ सम्म कार्यान्वयन नगर्न आदेश दिंदै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

गत साउन १० गते मन्त्रिपरिषद्ले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको थियो । प्रतिस्पर्धाबाट सूचीकृत व्यक्ति भन्दा बाहिरबाट नियुक्त गरिएको भन्दै अधिवक्ता शिव अर्यालले सर्वोच्चमा रिट दर्ता गएका थिए ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 9:36 pm