अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

सांकेतिक तस्विर

बैतडी, साउन २७ । पहिरोले बन्द भएको खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

आज बिहान ६ः३० बजे बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो गएर बन्द भएको उक्त राजमार्ग मध्याह्देखि सञ्चालन भएको हो । डोजरको सहायताले पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । केही दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 7:00 pm