सिद्धार्थ इक्वीटी ओरियन्टेडले घोषणा गर्यो बोनस

काठमाडौं, साउन २७ । सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमले नगद लाभांश घोषण गरेको छ । स्किमले १२ प्रतिशत नगद लाभांश दिने भएको छ, जसको लागि बुक क्लोज भदौं ४ गते हुन भएको छ ।

कम्पनीले साउन २५ गते बसेको संचालक समितिको बैंठकबाट आफ्ना शेयरधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल विवरण गर्ने भएको छ ।

१२ प्रतिश लाभांशका लागि भदौं ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । लाभांश वितरणपछि इक्विटी ओरियन्टेड स्किमको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १०.१४३५ हुने सिद्धार्थ क्यापिटले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 6:52 pm