वर्ल्डलिंकको नयाँ अफर ‘अफर जम्बो, खर्च कम भो’

काठमाडौँ, साउन २७ । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

वर्ल्डलिंकले ल्याएको नया अफर ‘अफर जम्बो खर्च कम भो’ अन्तर्गत ग्राहकले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेट टप बक्स पनि प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि ८ हजार ४ सय रुपैयाँ, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि ९ हजार ६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको १२ हजार १५० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्नेछ।

यो अफर भदौ मसान्तसम्मको लागि मात्र लागू गरिएको छ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 6:01 pm