दोहोरो अंकले ओरालो लाग्यो नेप्से, यी कम्पनीका लगानीकर्ताले भने कमाए

काठमाडौं, साउन २७ । साताको पहिलो दिन आइतबार पनि नेप्से घट्ने क्रम रोकिएन । आइतबार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर १ हजार १ सय ६३ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ३ दशमलव ४३ अंकले घटेर २ सय ४५ दशमलव ७० अंकमा पुगेर बन्द भएको छ ।

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने अघिल्लो कारोबार दिन भन्दा आइतबार केहि बढेको छ ।

आइतबार कुल १ सय ६२ कम्पनीको ७ लाख ८१ हजार ५६० कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड २ लाख २६ हजार ४९१ रुपैयाँको कारोबार भएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहिबार ८ लाख ६९ हजार ३०७ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड ६९ लाख ४५ हजार २३७ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन टेडिङ्ग समूह २ दशमलव ११ अंक र होटल समूह ६ दशमलव ७३ अंकले बढेको छ भने बाँकी सबै समूहमा गिरावट आएका छन् । सबैभन्दामा बढी घट्नेमा जीवन बीमा समूह १९३ दशमलव ३७ अंकले, निर्जीवन बीमा समूहको १०५ दशमलव ७४ अंकले, उत्पादक तथा प्रशोधन समूह ६३ दशमलव ५८६ अंकले, लघुवित्त समूह ३१ दशमलव ५३ अंकले, जलविद्युत समूह २१ दशमलव १९ अंकले, विकास बैंक समूह १३ दशमलव २२ अंकले, बैंकिंग समूह ११ दशमलव ८७ अंकले, अन्य समूह ४ दशमलव ७२ अंकले र फाइनान्स समूह ३ दशमलव ५९ अंकले घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । जसको आज ३ करोड ७१ लाख ८८ हजार २९१ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक कमाउनेमा आरम्भ माइक्रोफाइनान्स र साल्ट टेडिङ्गका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा मल्टी प्रपोज कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 3:32 pm