रोकियो समायोजन प्रक्रिया

काठमाडौं, साउन २७ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।

तर साउन तेस्रो साा बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 6:22 am