पुल बगाएपछि स्थानीयलाई सास्ती

ललितपुर, साउन ७ । बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाडाँमा महाकांल खोल्छा जोड्ने पुल बगाएको छ । गएरातिदेखि परेको अविरल वर्षा सँगै आएको बाढीले गर्दा पुल बगाएको हो । पुल करिब १५ वर्ष अगाडि वागतमी जलाधार विकास आयोजनाले बनाएको हो ।

वागमती गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष तथा वागमती गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद तिमल्सिनाका अनुसार ट्रसबाट बनाइएको पुल बगाउँदा महाकालीदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरु, साविक २, ८ नं. वडाका स्थानीय वासिन्दाहरुलाई गाउँपालिकाको केन्द्र र स्वास्थ्य चौकीसम्म आवत जाउत गर्न गाह्रो भएको उनको भनाई छ ।

‘अहिले विद्यालय बन्द छ, साउन १४ गतेदेखि विद्यालयको पढाई खुल्ने भएकोले यसबाट ठूलो समस्या भएको छ, राज्यको यसतर्फ आँखा जाओस ।’ स्थानीय दिपक घिमिरेले भने ।

प्रकाशित मिति: सोमवार, साउन ७, २०७५ /Monday, July 23rd, 2018, 5:41 pm