रोकिएन शेयर बजार घट्ने क्रम, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, साउन ६ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ११ दशमलव ७३ अंकले घटेर १ हजार १ सय ८१ दशमलव ६६ अंकमा पुगी कारोबार बन्द भएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ५६ अंकले घटेर २ सय ४८ दशमलव ८६ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से संगै यस दिन कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

बिहिबार १६२ कम्पनीको १९ लाख १८ हजार ६ सय ४८ कित्ता किनबेच हुँदा ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैया बराबरको कारोबार भएकोमा यस दिन १ सय ६३ कम्पनीहरुका ६ लाख ६१ हजार २ सय ४६ कित्ताको शेयर खरिदबिक्री भई २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँ कारोबार भएको छ ।

यस दिन १० वटा उपपरिसूचकहरुमा फाइनान्स समूह मात्र बढेको छ भने बाँकी समूहहरु सबै घटेका छन् ।

आइतबार सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एण्ड कर्मशियल बैंकको भएको छ । जसको आज १ करोड ४ लाख २० हजार ८७४ रुपैयाँ कारोबार भएको छ ।

आइतबार सवार्धिक कमाउनेमा तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै जानकी फाइनान्स लिमिटेडको ५ दशमलव ६३ प्रतिशतले र राद्यी विद्युत कम्पनीको ४ दशमलव ०४ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन ४ प्रतिशत भन्दा बढी घट्ने शेयर अरुण भ्याली हाइडोपावर, युनाइटेड इन्स्योरेन्स, स्वरोजगार लघुवित्त र समीत माइक्रोफाइनान्स डेभलपमेन्ट बैंंकको रहेका छन् ।

प्रकाशित मिति: आइतवार, साउन ६, २०७५ /Sunday, July 22nd, 2018, 3:23 pm