बसन्तपुरमा डा. केसीका समर्थकले सुरु गरे सामूहिक अनसन

काठमाडौँ, साउन ६ । अनशनरत डाक्टर गोविन्द केसीका समर्थक काठमाडौँको बसन्तपुर डबलीमा आज सामूहिक अनशनमा बसेका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा केसीको मागप्रति ऐक्यबद्दता जनाउँदै तथा केसीको जीवनरक्षाका निम्ति बसन्तपुर डबलीमा दर्जनौं समर्थक सामूहिक अनशनमा बसेका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको अनसन बेलुका ५ बजेसम्मम चल्नेछ ।

प्रकाशित मिति: आइतवार, साउन ६, २०७५ /Sunday, July 22nd, 2018, 12:28 pm