नागवेली लघुवित्तको हकप्रद शेयर निष्कासन

काटमाडौं, साउन ४ । नागवेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर निष्कासन शुक्रवारदेखि भएको छ । कम्पनीले सतप्रतिशत प्रति शेयर एक सय अङ्कित दरको ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । इक्रा नेपालले यो हकप्रद लाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको देखाउँछ ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार २१ गते बुक क्लोज गरेकाले असार २० गतेसम्म शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिआस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५ /Friday, July 20th, 2018, 8:10 am