भोलीदेखि पञ्चकन्या माई हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं, असार ३२ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले भोली मंगलवारदेखि आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर १ सय अंकित दरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले ४४ हजार कित्ता शेयर कर्मचारीको लागि, ५५ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १० लाख १ हजार कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपीओ बिक्री प्रधन्धकमा सनराइज क्यापिटलाई नियुक्ति गरेको छ ।

यो आईपीओमा छिटोमा साउन ४ र ढिलोमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम ५ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड र सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: सोमवार, असार ३२, २०७५ /Monday, July 16th, 2018, 9:13 pm