राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसहमत चयन

काठमाडौं, असार ३० । संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले संयोजक महन्थ ठाकुरलाई संसदीय दलका नेता चयन गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले ठाकुर सर्वसहमत नेता चयन गरेको हो । संसदीय दलको नेतामा ठाकुरसहित अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतोले पनि दाबी गर्र्दै आएका थिए ।

दुई नेताको टकरावका कारण चुनाव सकिएको सात महिनापछि राजपाले दलको नेता चयन गरेको महासचिव केशव झाले जानकारी दिए । आजको बैठकमा महतोले अडान छाडेपछि ठाकुर सर्वसहमत नेता चयन भएका हुन् ।

यसअघि आज नेता चयनका लागि चुनाव हुने भनिए पनि मंगलबारसम्म सहमतिको कोसिस गर्ने नेताहरुले जनाएका थिए । तर, आजकै बैठकमा महतोले अडान छाडेपछि ठाकुरको नाममा सर्वसहमति भएको हो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५ /Saturday, July 14th, 2018, 4:06 pm