सरकारसँग दुई बुँदे सहमतिपछि गंगामायाको अनसन स्थगित

काठमाडौं, असार २९ ।

छोराका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै लामो समयदेखि आमरण अनसनमा रहेकी गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । बीर अस्पतालमा अनसनरत अधिकारीलाई शुक्रबार मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर अनशन तोडाएका हुन्। त्यसअघि सरकारले उनीसँग दुई बुँदे सहमति गरेपछि अधिकारी अनशन तोड्न सहमत भएकी थिइन । सहमतिको बुँदामा एक करोडको अक्षय कोष स्थापना गर्ने र गंगामायाका छोराको खोजी गर्न एक समिति गठन गर्ने उल्लेख छ। सहमतिपत्रमा कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेका छन्। गंगामायाको पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो। उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले चितवनमा हत्या गरेका थिए। गोरखा फुजेलका ७८ वर्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको थियो।

तर, गंगामायाले आफ्नो माग पूरा नभए फेरि अनसनबस्ने भनेकी छिन । उनले अहिले यो अनसन स्थगित मात्रै गरेको स्पष्ट पारेकी छिन ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ /Friday, July 13th, 2018, 7:57 pm