शुक्रबार कतिमा हुँदैछ त सुनचाँदीको कारोबार ??

काठमाडौं, असार २९ । साताको छैटौ दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन बिहिबार भने सुन प्रतितोला चार सय रुपैयाँले घटेको थियो ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोहि मुल्या कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चांदी बिहिबार रु पांच ले घटेर ७ सय ५५ रुपैयामा कारोबार भएकोमा शुक्रबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ /Friday, July 13th, 2018, 11:35 am