चौतारी लघुवित्तले आईपीओ निष्कासनका वोर्डमा दियो निवेदन

काठमाडौं, असार १० । आईपीओ निष्कासनको लागि चौतारी लघुवित्त वित्तिय संस्थाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासनका लागि असार ७ गते सेबोनमा निवेदन दिएको हो । आईपीओ निष्काशनको लागि विक्री प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटललाई नियुक्ति गरिसकेको छ ।

चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ ।

प्रकाशित मिति: आइतवार, असार १०, २०७५ /Sunday, June 24th, 2018, 7:03 pm