प्रिमियममा आइपिओ जारि गर्दै शिवम् सिमेन्ट, कति तोकियो त मूल्य ?

काठमाडौं, जेठ ७। शिवम् सिमेन्टले प्रिमियम मुल्यमा आइपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

शिवम्‌ले जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) बिक्री गर्न लागेको छ । स्थानीय वासिन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ बिक्री गर्ने लागेको छ ।

कम्पनीले निष्काशन गर्न अनुमति पाएको ५२ लाख ८० हजार कित्ता सेयर मध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय र ४४ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ ।

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँ दरले आइपीओ बेच्न अनुमति पाएको छ भने सर्वसाधारणलाइ भने अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ बेच्न अनुमति पाएको छ ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । गत माध् २१ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, असार ७, २०७५ /Thursday, June 21st, 2018, 5:33 pm