नेप्सेमा विहीबार ७ कम्पनीको १ करोडभन्दा बढी शेयर सूचिकृत

काठमाडौं, असार ७ । नेप्सेमा विहीबार ७ कम्पनीको हकप्रद र बोनस शेयर सूचिकृत गराएका छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० लाख २७ हजार ९६६ दशमवल २० कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।

कामना सेवा विकास बैंक लिमिटेड ३० लाख ९४ हजार १५४ दशमव ७७ कित्ता हकप्रद सूचिकृत गराएको छ ।

यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३९ लाख २० हजार ९२८ दशमलव ११ कित्ता सेयर सूचीकरण भएको हो ।

सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३०१ दशमलव ४० कित्ता हकप्रद सूचिकृत गराएको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको २१ लाख ४७ हजार ५ दशमलव ३५ कित्ता हकप्रद सूचिकृत गराएको छ ।

फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको २२ लाख ८१ हजार ३१३ हकप्रद सूचिकृत गराएको छ ।

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको ३ लाख ९७ हजार ८०० कित्ता वोनस शेयर सूचिकृत गराएको छ ।

अव यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहिबार, असार ७, २०७५ /Thursday, June 21st, 2018, 5:08 pm