मोरक्कोलाई हराउँदै पोर्चुगल ४ अंक जोड्न सफल, रोनाल्डोको किर्तीमान

काठमाडौं, असार ६ । छनौट चरणको पहिलो खेलमा स्पेनसँग अंक बाँडेको कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले प्रिक्वाटर फाइनलमा पुग्ने संभावना कायमै राखेको छ । बुधबार रुसको लुजिनिकी रंगशालामा मोरक्कोलाई १- ० पराजित गर्दै पोर्चुगलले दुईवटा खेलबाट चार अंक जोडेको छ । खेलको चौथो मिनेटमै कप्तान रोनाल्डोको एक गोल मद्यतमा अग्रता लिएको पोर्चुगलले टप १६मा पुग्ने संभावना कायमै राखेको हो ।

रुसमा जारी विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो । उनले पहिलो खेल स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३- ३ गोलको बराबरीमा रोकिएको थियो । पोर्चुगलले अब इरानसँग खेल्ने छ ।

यता, मोरक्कोको यो लगातार दोस्रो हार हो । पोर्चुगलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा मोरक्को पराजित हुन् पुगेको हो ।
यो हारसँगै मोरक्कोको दोस्रो चरण पुग्ने सम्भावना गणितीय मात्र बाँकी भएको छ । यसअघि पहिलो खेलमा मोरक्को इरानसँग १- ० ले पराजित भएको थियो । मोरक्कोले अब स्पेनसँग खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०७५ /Wednesday, June 20th, 2018, 8:34 pm