मेगा बैंकका सञ्चालकद्वारा लगानीकर्ता डुबाउने खेलमा

काठमडौं, असार ६ । मेगा बैंक नेपालका सञ्चालकहरू आफ्नै सञ्चालक डुबाउने खेलमा लागेका छन् । टुरिजम डेभलपमेन्ट बैंकसग मर्जर प्रक्रियामा ठूलो आर्थिक चलखेल गरी लगानीकर्ता डुबाउने खेलमा लागेका हुन् ।

ड्यु डेलिजेन्स अडिट (डीडीए) प्रतिवेदनको सुझाव अगावै ९५ प्रतिशत स्वाप रेसियोमा मर्जर सम्झौता गरी दुवै बैंकका केही सञ्चालकले ठूलो परिमाणमा इन्साइडर ट्रेडिङ गरेको लगानीकर्ताको ओराप छ ।

डीडीए रिपोर्टमा दुई बैंक मर्जर प्रक्रियामा स्वाप रेसियो ९१ दशमलव ९७ प्रतिशत कायम गर्ने सुझाव दिइएको थियो । तर, बैंकको चुक्ता पु“जी पुग्नै लागेको अवस्थामा भित्रि कारोबारमा संलग्न केही सञ्चालकले बैंकलाई जवरजस्ती मर्जर प्रक्रियामा लगेर लगानीकर्तालाई नोक्सानमा पारेको लगानीकर्ताको आरोप छ ।

मर्जर अघि बोनस तथा ६५ प्रतिशत हकप्रदबाट मेगा बैंक आफ्नै चुक्ता पु“जी ७ अर्ब ५७ करोड रुपिया“ पुग्ने भए पनि सञ्चालकहरूको चलखेलबाट जवरजस्ती मर्जरमा लगिएका मेगा बैंकका सस्थापक लगानीकर्ताको आरोप छ ।

मेगा बैंकका वर्तमान अध्यक्ष्ाँ एवम् मर्जर प्रक्रिया सम्बन्धीका तत्कालीन संयोजक भोजबहादुर शाहको संयोजकत्वमा २०७२ असोज ५ गते बसेको मर्जर कमिटीको बैठकमा शाह आफैंले पुलिङ प्रक्रियाबाट १०५.२ः८० सम्मको शेयर स्वाप रेसियो कायम गर्न सकिने अन्तिम भनाइ रहेको बताएका थिए ।

तर, शाह बैंकको अध्यक्ष भएपछि आफैंले राखेको प्रस्ताव मिचेर १००ः९५ को स्वाप रेसियोमा मर्जरको सम्झौता गरेका हुन् । सो समय टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष डा. पुष्प क“डेलले बैंंकको गृहकार्य अनुसार ८७.३५ः१०० वा ८९ः१०२ गरी दुईवटा वैकल्पिक शेयर स्वाप रेसियो कायम गर्न सकिने प्रस्ताव गरेका थिए ।

तत्कालीन समितिको बैठकको निर्णय मिच्दै गरिएको सम्झौतामा हस्ताक्षरमा सबै सञ्चालकलाई समेत जानकारी नदिएको घटनाले केही सञ्चालक आफैं यस्तो खेलमा लागेको बताइएको छ । त्यस्तै सीएससी एन्ड कम्पनी चार्ट एकाउन्टेन्टसका निर्देशक मदनकृष्ण शर्माले २०७४ असोज २३ गते दिएको प्रतिवेदनमा स्वाप रेसियो ९१ दशमलव ९७: १०० प्रतिशत हुनुपर्ने सुझाव छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: बुधबार, असार ६, २०७५ /Wednesday, June 20th, 2018, 6:32 am