सूर्या लाइफको हकप्रद भर्ने आइतवार अन्तिम दिन

काठमाडौं, असार ३ । सूर्या लाइफ इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयर भर्ने आइतवार अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले वैशाख ३१ गतेदेखि १० बराबर ४ अनुपात मा रू. १ सय अङ्कित दरको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गरेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेकाले वैशाख ४ गतेसम्म शेयर स्वामित्व हुने शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सूर्या लाइफले रू. २ अर्ब चुक्तापूँजी र्पुयाउने उद्देश्य स्वरुप हकप्रद जारी गरेको हो । हाल रू. ७२ करोड १८ लाख ७५ हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. १ अर्ब १ करोड ६ लाख २५ हजार पुग्नेछ ।

इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर विक्री प्रवन्धकको रुपमा एनआइसी एशिया क्यापिटललाई नियुक्ति गरेको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्थाहरु र सूर्या लाइफ इन्स्योरेन्सका काठमाडौं भित्र र बाहिरका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति: आइतवार, असार ३, २०७५ /Sunday, June 17th, 2018, 6:10 am