इसिडी शिक्षिकालाई प्रोत्साहन भत्ता !

ललितपुर, असार २ । ललितपुरको बागमती गाउँपालिकाले इसिडी शिक्षिकालाई प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र कार्यरत शिक्षिकालाई भत्ता दिएको हो ।

गत विहीबार एक सार्वजनिक कार्यक्रम आयोजना गरी गाउँपालिकाले प्रत्येक शिक्षिकालाई मासिक १ हजार ५ सयका दरले प्रोत्साहन भत्ता दिइएको हो ।

गाउँपालिकाले आफ्नो गाउँपालिका अन्तर्गत रहेको प्युटार स्रोत अन्तर्गत ३० जना शिक्षिकालाई ४ लाख ८७ हजार ८० र भट्टेडाडा स्रोत केन्द्र अन्तर्गत ३३ जना शिक्षिकालाई ५ लाख ६१ हजार ३ सय ३० रुपैया प्रोत्साहन भत्ता दिइएको छ ।

नेपाल सरकारले इसिडि शिशिकालाई अन्यन्तै कम पारिश्रमिक दिएकोले केही राहत होस भन्ने उद्देश्यले प्रत्सोहन भत्ता दिइएको गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले दैनिकीन्युजलाई बताए । ‘यो कार्यक्रम आगामी आर्थिक वर्ष २०७४/७५ मा समेत निरन्तरता दिनेछौं ।’ उनले भने ।

हाल नेपाल सरकारले इसिडि शिक्षकाहरुलाई मासिक पारिश्रमिक ३ हजार दिदै आएको आएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०७५ /Saturday, June 16th, 2018, 8:22 am