खाडीका राम्रा कम्पनीमा मात्रै कामदार, दूताबासले गर्न थाल्यो कडाई

काठमाडौं, असार १ । खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए । आजको कान्तिपु्र दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०७५ /Friday, June 15th, 2018, 7:36 am