साउदी अरेवियामाथि रुसको गोलको वर्षा

काठमाडौं, जेठ ३१ । रुसमा भइरहेको विश्वकप २०१८को उद्घाटन खेलमा रुसले साउदी अरेवियामाथी ५- ० को जीत निकालेको छ । बिहिबार भएको उद्घाटन खेलमा साउदीमाथि रसियन खेलाडी हावी भएका हुन् । खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किले गोल गरेर रुसलाई अग्रता दिलाएका थिए ।

उनी सन् २०१८ को विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसैगरी रुसले ४३ मिनेटमा डेनिस चेरसेवको गोलमार्फद् अग्रता दोब्बर बनायो ।
दोसे हाफ पछि रुसले आफ्नो आक्रामक खेल जारी राखेपछि साउदी अरेविया खेलको लयमा फर्कन सकेन ।

खेलको ७२ औ मिनेटमा रुसका लागि आर्तेम डेजुबाले तेस्रो गोल गरे त्यसपछि पनि रुसले आक्रामक खेल जारी राख्यो र इन्जुरी टाइममा थपिएको समय ९१ औ मिनेटमा अर्काे गोल गरेर खेल चार शून्य भएको थियो ।

रुसका लागि एलेक्जेण्डर गोलोविनले फ्रीकिकबाट उत्कृष्ट गोल गरेका हुन् अन्तयमा इन्जुरी समयको ९४ औ मिनेटमां डेनिस चेरसेवले गोल गरेर रुसलाई पाँच शून्यले जिताएका हुन् । आजसम्मको विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नभएको इतिहसलाई रुसमा भएको विश्वकपले निरन्तरता दिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 10:58 pm