गृहमन्त्रीको निशानामा एनजिओवाला

काठमाडौं, जेठ ३१ । समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाही चलाएका गृहमन्त्री रामबहादुर थापाको निशानामा एनजिओ रआइएनजिओका सम्पूर्ण पदाधिकारीहरु परेका छन् ।
उनले एनजिओ रआइएनजिओवालाहरुको सम्पत्ति विवरण माग्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । नेपालमा एनजिओ रआइएनजिओका कर्मचारीले आफूले खाने तलब भत्ता लुकाउने गरेको, अदृश्य स्रोतबाट लगानी ल्याउने गरेको भन्ने समाचार सार्वजनिक भइरहेका छन् । मन्त्री थापाले ७७ वटै प्रशासन कार्यालयमा पठाएको पत्रमा सम्पत्ति विवरण शिलबन्दी गरेर लिनुपर्ने उल्लेख छ। नेपालमा सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउने गरेपनि आजसम्म एनजिओ र आइएनजिओमा कार्यरत कर्मचारीहरूले भने सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छैन ।

स्मणीय छ हाल नेपालमा एनजिओ र आइएनजिओ तत्कालिन एमाले र हालको नेकपा नेताहरुको रहेको आरोप लाग्ने गरेको छ । खासगरी एनजिओ र आइएनजिओ मार्फद नेपालमा विभिन्न चलखेल हुने गरेको, राजनीतिक दललाई प्भावित पार्ने गरेको, नेपालका गोप्य सूचना लिक हुने गरेको टिप्पणी हुने गरेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 10:29 pm