कसले हाल्यो नेकपा खारेजीको माग राखेर मुद्दा !

काठमाडौं, जेठ ३१ । एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता इन्दु तुलाधर, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायत १२ जनाले कानूनी प्रक्रिया पूरा नगरी नेकपा निर्वाचन आयोगमा दर्ता भएको दाबी सहित बदरको माग राखेर रिट हालेका हुन् ।
दलको सबै तहको समितिमा कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै अधिवक्ताहरुले नेकपा दल दर्ता निर्णय खारेजी हुनुपर्ने भन्दै मुद्दा हालेका हुन् ।
उक्त रिटबारेमा सर्बाेच्चले कस्तो फैसला गर्छ त्यो भने हेर्न वाँकी छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अबहेलना गरेको भन्दै परेको रिट खारेज भएको थियो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 10:15 pm