कति प्रस्ताव गर्यो रिलायन्स फाइनान्सले बोनस ?

काठमाडौं, जेठ ३१ । रिलायन्स फाइनान्सले लाभांश प्रस्ताब गरेको छ । फाइनान्स कम्पनीको जेठ ३१ मा बसेको १९३ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १२ वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो ।

फाइनान्स कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको १० बराबर ४ दशमलव ५ कित्ता हकप्रद विक्रीबाट हुने चुक्तापूँजीको आधारमा सो लाभांश दिने निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित भएमा वितरण गर्ने सूचना कम्पनीले दिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 9:15 pm