कति दिने भयो कामना सेवा विकास बैंकले बोनस ?

काठमाडौं, जेठ ३१ । कामना सेवा विकास बैंकले लाभांश दिने भएको छ । बैंकले १२% लाभांश दिने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पुँजीको ५.५०% बोनस सेयर र ६.५०% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको अहिले चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३२६.२९ रुपैयाँ छ ।

बोनस सेयर वितरण गरिसकेपछि चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 6:16 pm