नेपाल सेवा लघुवित्तको पहिलो कारोवारको लागी मुल्य रेन्ज निर्धारण

काठमाडौँ, जेठ ३१ । नेप्सेले नेपाल सेवा लघुवित्तको सेयरको पहिलो कारोवारको लागी मुल्य रेन्ज निर्धारण गरेको छ ।

मूल्य निर्धारण गरे संगै कम्पनिको पहिलो कारोवार कारोबार १ सय ३ दशमलव ९३ रुपैयाँदेखि ३ सय ११ दशमलब ८१ रुपैयाँसम्ममा गर्न पाइने भएको छ ।

अघिल्लो साता मात्रै सुचिकृत भएको नेपाल सेवा लघुवित्त आईपीओलाई दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जले उक्त रेञ्ज दिएको हो ।

नेप्सेले नेपाल सेवा लघुवित्तलाई कारोबारका लागि एनसेवा ( NSEWA) को सिम्बोल समेत दिएको छ । लघुवित्तको ६ लाख कित्ता सर्वसाधारण शेयर अघिल्लो साता मात्रै नेप्सेमा सूचीकृत भएको थियो ।


यस्तै जानकारी, समाचार अनि रोचक तथा ज्ञानबर्धक कुराहरुको लागि  कृपया हाम्रो Facebook पेज लाइक गर्न, Twitter मा Follow गर्न र हाम्रो Youtube च्यानल Subscribe गर्न नभुल्नु होला ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 11:16 am