बिहिबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, जेठ ३१ । नेपाली बजारमा बिहिबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

सोमबारदेखि तोलामा ५८ हजार ५ सय रुपैयाँमा कारोबार हुदै आएको सुन आज बिहिबार भने बढेको छ । बिहिबार सुनको मूल्य प्रति तोला १ सय रुपैयाले बढेर ५८ हजार ६ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रति तोला ५ रुपैयाले बढेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहिबार छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार २ सय ४० , तेजावी सुन ४९ हजार ९ सय ८५ र चाँदी ६ सय ७७.५० रुपैयाँ कायम गरेको छ ।


यस्तै जानकारी, समाचार अनि रोचक तथा ज्ञानबर्धक कुराहरुको लागि  कृपया हाम्रो Facebook पेज लाइक गर्न, Twitter मा Follow गर्न र हाम्रो Youtube च्यानल Subscribe गर्न नभुल्नु होला ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 11:03 am