१ करोड १९ लाख कित्ता शेयरमा आवेदन दिने विहीबार अन्तिम दिन

काठमाडौं, जेठ ३१ । कुमारी बैंक लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । बैंकले १०ः२ अनुपात अर्थात् २० प्रतिशत हकप्रद शेयर बैशाख २८ गतेदेखि निष्कासन गरेको थियो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको वैशाख ९ गतेसम्म कायम शेयरधनिहरुका लागि १० बराबर २ को अनुपातमा हकप्रद खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर वैशाख २८ गतेदेखि जेठ ३१ खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, कुमारी बैंकको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 8:00 am