महिनामा अर्बको बिजुली चोरी

काठमाडौं, जेठ ३१ । चालु आर्थिक बर्षको वैशाखसम्म १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसावले एक महिना अवधिमाा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांक देखाएको छ ।

चालु आर्थिक बर्षको १० महनिामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँँदै आएको जानकारी पनि उलने दिए ।

विजुली चुहावटले राजस्वमा नोक्सानी पग्दै आएको छ, उनले भने, हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीा भईरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौँ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 6:13 am