आजदेखि फुटबल महाभुकम्प

फोटो गुगलबाट

काठमाडौं, जेठ ३१ । पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विहीबार सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस ।

३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् ।

मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् ।

विश्वकप खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 6:06 am