२०२६ को विश्वकप तीन देशले आयोजना गर्ने

काठमाडौं, जेठ ३० । २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

रूसकाे राजधानी मस्काेमा भएको बिडिङमा अमेरिका, क्यानडा र मेक्सिकाेकाे संयुक्त अायाेजना गर्नेलार्इ सर्बाधिक मत प्राप्त भएकाे हाे ।

अब अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका छ । यी तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पाएको थियो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

प्रतियाेगिताकाे फाइनल खेल सहित विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ ।

२०२२ को विश्वकप भने कतारमा हुनेछ र कतारले यसको तयारी गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 5:20 pm