बलीउड अभिनेत्री दीपिका पादुकोण बसेको भवनमा आगलागी, हेर्नुहोस भिडियो

एजेन्सी, जेठ ३०। दक्षिण मुम्बईको वर्लीमा रहेको एउटा ३५ तले भवनमा आगलागी भएको छ । भवनमा बलीउड अभिनेत्री दीपिका पादुकोणको पनि एउटा अपार्टमेन्ट रहेको छ ।
आगो सबै भन्दा माथिको तल्लाबाट सुरु भएको बताईन्छ । यद्यपी यस आगलागीका कारण कोही हताहत भएकाृ भन्ने खबर भने आएको छैन । करिब १०० जना मानिसहरुलाई सुरक्षित साथ भवनबाट निकालिएको बताइएको छ । आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

करिब २ बजे तिर बाट ब्युमोड़ टावरको ३२ औँ तलामा उक्त आगलागी भएको बताइएको छ । दीपिका पादुकोणको अपार्टमेन्ट भने यसै भवनको २६ औँ तलामा रहेको छ र उक्त अपार्टमेन्टमा उनी , उनकी आमा र बहिनि बस्दै आइरहेका छन् ।

यस भवनमा अन्य कयौँ बलीउड हस्तीहरुको अपार्टमेन्ट रहेको बताइएको छ । भवनमा कसरि आगलागी सुरु भयो भन्ने बारे हाल सम्म केहि पत्ता लागेको छैन ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 4:39 pm