रैराङ हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, जेठ ३० । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो । अब अर्को साताबाट कम्पनीको उक्त सेयरको कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

हाइड्रोपावर कम्पनीले गतवैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५५ सेयर निष्कासन गरेको हो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 3:54 pm