अन्तत: बढ्यो नेप्से, यी कम्पनीका लगानीकर्ताले भने गुमाए

काठमाडौं, जेठ ३० । मंगलबार १ दशमलव ९३ अंकले घटेको बजार बुधबार कारोबार बन्द हुँदा २ दशमलव ८१ अंकले बढेर १ हजार २ सय ४२ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५२ ले बढेर २ सय ६० दशमलव ९९ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार १ सय ६१ कम्पनीहरुका १५ लाख ३२ हजार २ सय ६३ कित्ताको शेयर खरिदबिक्री हुँदा २० करोड ८५ लाख ५४ हजार ४ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

बुधबार १० वटा परिसूचकमध्ये अन्य समूह बाहेक बाँकी सबै समुह बढेका छन् । सबै भन्दा बढी बिमा समूह १८.६६ अंकले बढेको छ भने होटल्स १७.६४ अंकले बढेको छ ।

बुधबार सर्वा्धिक कमाउनेमा राद्यी विद्युत कम्पनीका लगानीकर्ता रहेका छन् ।यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको ९ दशमलव ५० प्रतिशत र ग्रिन विकास लघुवित्तको ७ दशमलव १२ प्रतिशतले बढेको छ ।

बुधबार सब भन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंकको लगानीकर्ता रहेका छन् । जसको कारोबारमा ७ दशमलव २५ प्रतिशत, न्यादी ग्रप पावरको ४ दशमलव ४९ प्रतिशत र महिला सहयात्री माइक्रोफाइनान्सको ३ दशमलव ७५ प्रतिशतले र सृजना फाइनान्सको ३ दशमलव २१ प्रतिशतले घटेको छ । ग्लोबल आइएमई लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, एनएलजी इन्सुरेन्स, अरुण काबेली पावर लिमिटेड, आरएसडिसी लघुवित्तका लगानिकर्त्ताले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५६ लाख कित्ता आईपिओ शेयर सुचिकृत भएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 3:41 pm