बाग्मती गाउपालिकाको सबै विद्यालयमा विद्युतीय हाजिरी

ललितपुर, जेठ ३० । ललितपुरको बाग्मती गाउपालिकाले गाउपलिकामा रहेका सबै बिद्यालयमा इलेक्ट्रिक हाजिरी गराउने भएको छ ।

बाग्मती गाउँपालिकाले ७ वटै वडामा बिद्युतीय हाजिरी ब्यबस्था गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख बिरबहादुर लोप्चनले जानकारी दिए ।
गाउँपालिकामा रहेका बिद्यालयमा शिक्षकहरु अनियमित हुन थालेको गुनासो आएपछी बिद्युतीय हाजिरी राख्न लागिएको प्रमुख लोप्चनको भनाइ छ ।

गाउँपालिकाका सबै वडामा माबी निमाबी र प्रावी गरेर ३० वटा बिद्यालय रहेका छन । गाउँपालिकाले समयमै शिक्षकलाइ बिद्यालय आउन वातावरण बनाउन पनि उक्त ब्यवस्था गर्न लागेको प्रमुख लोप्चनको भनाइ छ ।

बिद्युतीय हाजिरी संचालन गर्ने गरि तयारी अघि बढेको र साउनदेखि उक्त ब्यबस्था कार्यान्वयनमा आउने बाग्मति गाउँपालिका ३ नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता बिष्णु तिमल्सिनाले जानकारी दिए ।

बिद्युतीय हाजिरी सुरुवात भए खेताला शिक्षक राखेर सदरमुकाम बस्ने शिक्षकहरु समस्यामा पर्ने छन भने विभिन्न बहानामा बिद्यालयमा अनुपस्थित हुने शिक्षक/ शिक्षिकाको बहाना गर्ने अन्त्य हुनेछ । गाउँपालिकाले सिष्टम बसाउने प्रयास सुरु गरेको जनायो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 3:18 pm