कति प्रस्ताव गर्यो मेगा बैंकले बोनस ?

काठमाडौं, जेठ ३० । मेगा बैंक लिमिटेडले गत वर्षको कमाईबाट आफ्ना शेयरधनीहरुलाई १० दशमलव ७५ प्रतिशतको बोनस दिने भएको छ । यस अघि बैंकले प्रस्ताव गरेको बोनस दर समेत परिवर्तन गरेको हो ।

मेगाले टुरिजम डेभलपमेन्ट बैंकले घोषणा गरेको बोनस सेयरलाई समेत समायोजन गरी अब १०.७५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । यसअघि मेगाले चुक्ता पूँजीको ९.४५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसैगरी टुरिजमले भने १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।

मेगा बैंक र टुरिजम बैंक गाभिएर संयुक्त कारोबार भइ जेठ २९ गते बसेको संचालक समितिको बैठकबाट १० दशमलव ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार १५३ दशमलव १२ रुपैयाँ बोनस शेयर वितरण गर्न बैंकको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।

यी दुई बैंक मर्ज भएपछि चुक्त पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । बैंकका अनुसार अब लगानीकर्ताले यो पुँजीको १०.७५ प्रतिशत बोनस सेयर पाउनेछन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 11:46 am