बुधबार कतिमा कारोबार हुँदै छ त सुनचाँदी ??

काठमाडौं, जेठ ३० । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबारदेखि तोलामा ५८ हजार ५ सय रुपैयाँमा कारोबार हुदै आएको सुन आज बुधबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार पनि मंगलबार झैँ छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार १ सय ५५, तेजावी सुन ४९ हजार ९ सय र चाँदी ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 11:15 am