विद्यालय तीन दिनका लागि बन्द !

दाङ, जेठ ३० । गर्मी बढेर विद्यार्थी विरामी हुन थालेपछि दाङका विद्यालय तीनदिनका लागि बन्द हुने भएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिन थालेपछि प्याव्सन र एनप्याव्सनले बुधबारदेखि शुक्रबारसम्म निजी बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

प्याव्सनका अध्यक्ष यादव गिरी र एनप्याव्सनका अध्यक्ष भिमबहादुर बुढाथोकीले संयुक्त बक्तव्य जारी गरी अभिभावक र विद्यार्थीको अनुरोधलाई मध्यनजर गर्दै स्कुल बन्द गरिएको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले पनि सामुदायिक बिद्यालय तीन बिदा गर्ने निर्णय गरेको छ । शिक्षा समितिको बैठकले गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको रत्यसले पठनपाठन प्रभावित भएको जनाउँदै आजदेखि शुक्रबारसम्म सबै बिद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 9:52 am