सामसंगको स्मार्टफोनबाट निस्कियो आगो, चलाईरहेको कार पनि जलेर ध्वस्त ( भिडियो सहित)

सन् २०१६मा सामसंग (Samsung) को ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7)ले निक्कै चर्चा बटुल्यो । कम्पनीले उक्त फोन बजारमा बिक्रि गर्ने बित्तिकै पड्केको खबरले तहल्का नै मच्चायो । यो फोनलाइ हवाईजहाजमा चलाउन प्रतिबन्ध लाग्यो । पछि कम्पनीले नै उत्पादनमा खराबी भएको भन्दै सबै फोन फिर्ता लिन बाध्य भयो । यो बर्ष सामसंग को लागि निकै खराब वर्ष नै साबित भयो । त्यसपछि उसले आफ्नो नया उत्पादनमा ग्राहकको सुरक्षाको लागि निक्कै ध्यान दिएको बताएको थियो ।

फेरी पनि अमेरिकामा सामसंगको फ्ल्यागसिप फोनमा नै आगो लागेको समाचार सार्बजनिक भएको छ । एक डेट्रोइट महिलाले आफ्नो कारमा राखेको Samsung को फोनमा आगो लागेको बताएकी छिन र मोबाइलबाट सुरु भएको उक्त आगोले उनले चलाईरहेको कार पनि जलेर ध्वस्त भएको छ ।

डब्लूएक्सवाईजेड डटकम (wxyz.com) का अनुसार ती महिलाले प्रयोग गरिरहेको ग्यालेक्सी एस ४ तथा ग्यालेक्सी एस ८ ( Galaxy S4 र Samsung Galaxy S8) फ्ल्यागशिप स्मार्टफोनमा सवारी चलाईरहेको बेला आगो लागेको हो ।

फोनमा आगो लाग्ने बित्तिकै महिला कार रोकेर कारबाट बाहिर आइ घटनाको बारेमा नजिकैको प्रहरीलाई जानकारी गराएकी थिईन् ।

wxyz.com सँग कुरा गर्दै उनले भनिन, ‘यो निकै तिब्ररुपमा भयो, स्मार्टफोनहरुमा अचानक आगो लाग्यो । मानिसहरु मलाई कारबाट टाढै बस्न भनिरहेका थिए । यदि म हाईवेमा ट्राफिकमा फसेको बेला निष्कन नसकेको भए के हुन्थ्यो ?’

रिपोर्टका अनुसार सामसंगले जाँचको लागि एउटा टिम पठाएको छ ।

सामसंगका प्रवक्ताले यो घटनाको बारेमा छानबिन गरिरहेका र दुबै स्मार्टफोनमा कसरी आगो लाग्यो भन्ने बारेमा छिट्टै पत्ता लगाउने कोसिस गरिरहेको बताएका छन् ।

केहि दिन अघि भारतमा पनि रेष्टुरेन्टमा खाना खाँदै गर्दा गोजीमा मोबाइल पड्किएको भिडियो बाहिरिएको थियो >> यो पनि हेर्नुहोस >>

रेष्टुरेन्टमा खाना खाँदै गर्दा गोजीमा पड्कियो मोबाइल फोन (हेर्नुहोस् भिडियो)

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 10:56 am