बुधबार मसमास सकिँदै

काठमाडौं, जेठ ३० । अधिकमास अर्थात मलमास बुधबार सकिँदै छ । अधिकमासभरि पुरुषोत्तम माहात्म्य पाठ गरी भगवान् नारायणको आराधना गरिन्छ ।

बुधबार अन्तिम दिन भगवान् नारायणको विशेष आराधना गरेपछि यसको समापन गरिने धार्मिक परम्परा रहेको छ । बुधबारको दिन काँसको थालमा ३३ वटा मालपुवा राखी नारायणका ३३ नामले पूजा गरी ब्राह्मणलाई दान गर्ने चलन छ ।

यसैगरी मलमास अविधिभर चलेको पुरुषोत्तम माहत्म्य पाठ पनि बुधकारनै सम्पन्न हुँदैछ । काठमाडौंको चन्द्राागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण (मच्छेनारायण) मन्दिरमा लागेको मेला पनि बुधकार नै सम्पन्न हुँदैछ ।

विष्णुले यही रहेको तलाउमा मत्स्यरूप लिई विचरण गरेको धार्मिक विश्वास छ । मलमासभर उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणको मन्दिरमा पनि घुइँचो लागेको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 9:47 am