वरिष्ठ कलाकार थापाको निधन

सांकेतिक तस्विर

काठमाडौं, जेठ ३० । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको बुधबार विहान २ बजे आफ्नै निवास मैतीदेवी काठमाडौंमा ९२ वर्षको उमेरमा निधन भएको हो ।

थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको र अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 9:42 am