१ करोड १४ लाख कित्ता शेयर निष्काशन आजबाट

काठमाडौं, जेठ ३० । एनएमबी बैंकको एफपीओ आजबाट निष्काशन गरेको छ । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता निष्काशनका लागि आव्हानपत्र प्रकाशित गरेको थियो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।

बैंकको एफपिओमा जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

निष्काशन खुल्ला भएको ४ कार्य दिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट निवेदन प्राप्त नभएका संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिनेछ । बैंकको एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 8:11 am