विश्व ११ टाेलिबाट सन्दीप अाज खेल्दै ,यसरी हेर्नुहोस प्रत्यक्ष प्रसारण

काठमाडौं, जेठ १७ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ । बेलायतकाे लड्र्समा हुने खेलमा सन्दीपले विश्व ११ का सबैभन्दा कान्छा खेलाडीका रुपमा खेल्नेछन् ।

विश्व ११ टिमको नेतृत्व पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदीले गर्दै छन् । सन्दीपसंगै टाेलिमा इङल्याण्डका साम ब्लिंग्स,साम कुरान, तमिम इकबाल, दिनेश कार्तिक, राशिद खान,मिचेल म्याकलेनघन,सोएब मलिक,मोहमद सामी,अदिल राशिद, थिसारा परेरा र लुक रोची रहेका छन् ।

वेस्ट इन्डिज टिममा कार्लोस बार्थवेट (कप्तान),स्यामुयल बद्री, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स, आन्द्रे रसेल, रयाद एमरीट, आन्द्रे फ्लेचर, आशले नर्स, कीमो पाउल, दिनेस रामदीन र केस्रिक विलियम्स रहेका छन् ।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गरिएको टि-२० फ्रम्याटकाे उक्त खेल नेपाली समय अनुसार अाज राति १०ः४५ मा सुरू हुने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व एघार टिममा सन्दिपलाई पनि समावेश गरेपछि उनी गएको सोमबार इंग्ल्याण्ड गएका थिए ।

नेपालमा सोनी सिक्स र सोनी सिक्स एचडीबाट याे प्रतियाेगिता प्रत्यक्ष हेर्न सकिने छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १७, २०७५ /Thursday, May 31st, 2018, 6:20 pm