मिना ढकालको दोस्रो गीत सार्बजनिक, यसपटक डिस्लाइक भन्दा लाइक धेरै

काठमाडौँ, जेठ १२ । आफ्नो पहिलो गीत सार्बजनिक गर्दा लाइक भन्दा धेरै डिस्लाइक पाएकी मिना ढकालले आफ्नो दोस्रो गीत पनि सार्बजनिक गरेकी छिन् ।

हास्यकलाकार मनोज गजुरेलसंगको सम्बन्ध बिच्छेदपछि चर्चामा आएकी मिना ढकाल आफ्नो पहिलो गीत सार्बजनिक गरेपछि झनै चर्चामा आएकी थिइन् ।
पहिलो गीतमा धेरै डिस्लाइक पाए पनि यो गीतमा भने यो समाचार तयार गर्दा सम्म डिस्लाइक भन्दा लाइक नै धेरै आएको छ । पहिलो भिडियोमा आफैले मोडलिङ गरे पनि यो गीतमा भने विवादास्पद मोडल सोनिका रोकायालाई मोडलिङ गराएकी छिन् ।

सोनीका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनको कारण बिबादित छन् । तर यो भिडियोमा भने सोनीकाले गीतको भाव अनुसार नै साडी चोलो लगाएकी छिन् ।

धेरैले यसलाई पहिला भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कहिले भने कमेन्टमा सोनिकासँग मुकुन्देको जोडी बनाएको भए फिट हुने भन्दै खिल्ली उडाएका छन् ।

कोही भन्छन् गोरी मलाई कोही भन्छन् काली

कोही तर्छन् आँखा मलाई कोही भन्छन् जाली

काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी

यस्तो थियो उनको पहिलो गीत

प्रकाशित मिति: शनिबार, जेष्ठ १२, २०७५ /Saturday, May 26th, 2018, 8:20 pm