अपराधीका मालिकहरु पक्राउ गर्न सुरु : गृहमन्त्री

धनगढी, जेठ ९ । गृहमन्त्री रामबहादुर थापाले अपराधीका मालिकहरु पक्राउ गर्न सुरु गरिएको बताएका छन्

प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृह मन्त्री थापाले अपराधीको भरियामात्रै होइन मालिकसमेत पक्राउ गर्न सुरु गरेको दाबी गरे । सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती गोरेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

गृह मन्त्री थापाले अहिलेको समय अपराधीको अन्तिम छटपटीको समय रहेको बताएका छन् ।

सरकार अपराध, भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर मुलुकमा सम्बृद्धि हासिल गराउन क्रियाशील रहेको उनको भनाई छ ।

गृहमन्त्री मन्त्री थापाले शिक्षा, स्वास्थ्य, यातायात लगायत सबै क्षेत्रका सिण्डिकेट अन्त्यका अभियान सुरु भइसकेको भन्दै केहीदिनभित्रै सबै क्षेत्रको सिण्डिकेट अन्त्य हुने ठोकुवा गरे ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५ /Wednesday, May 23rd, 2018, 12:34 pm