प्रदेश १ को सबैभन्दा ठूलो बजेट आउने

उदयपुर, जेठ ५ । एक नम्बर प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश सरकार मध्ये सबैभन्दा ठूलो बजेट ल्याउने दाबी गर्नुभएको छ ।

शनिबार उदयपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आङ्बोले कृषि, पर्यटन, भौतिपूर्वाधार, शिक्षा, स्वास्थ्यमा जोड दिनेगरी बजेट ल्याउनुपर्ने भएकाले ठूलो आकारको हुने बताउनुभयो ।

मन्त्री आङ्बोले आन्तिरिक राजश्वको क्षेत्रबाट जम्मा हुने बजेट, केन्द्र सरकारबाट आउने अनुदान जम्मा गरेर बजेट ल्याइने जानकारी दिनुभयो । उहाँले संघीय सरकारको ढिलासुस्ती, कर्मचारीको असहयोगका कारण बजेट निर्माण गर्न चालु वर्षको बजेट खर्च गर्न संयन्त्र पनि नभएको गुनासो गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 3:47 pm