भुकम्पबाट क्षतिग्रस्त ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न

काठमाडौं, जेठ ५ । भूकम्पबाट क्षतिग्रस्त बनेको स्वयम्भुको ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सकिएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पुननिर्माण गरेको हो ।

चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी पुनःनिर्माण पूरा गरिएको र अब रंगरोगन गर्न बाँकी रहेको महासमितिले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण उक्त चैत्यमा ठूलो क्षति भएको थियो ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि पुननिर्माण गरिएको हो, जसमा ४० लाख खर्च लागेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 3:37 pm